आठराईमा काँग्रेसको अध्यक्षमा र माओवादी केन्द्रको उपाध्यक्षमा अग्रता कायमै - Epathivara

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ६ हजार ६ सय ९४ मत गणना गर्दा काँग्रेसले अध्यक्षमा ९ सय १ मत र माओवादी केन्द्रले उपाध्यक्षमा ३ सय २७ मतले अग्रता लिएको छ ।

 

वडा नम्बर १, २, ३, ४, ५ र ६ को मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका दिलकुमार पाहिमले ३ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धि नेकपा एमालेका रामचन्द्र थपलियाले २ हजार ७ सय ३५ मत प्राप्त गरेका छन् ।

 

उपाध्यक्षमा गठबन्धनबाट उम्मेद्धार बनेका माओवादी केन्द्रका बलिराज ईङनामले ३ हजार १ सय ४० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी रुपादेवी कन्दङवाले २ हजार ८ सय १३ मत पाएकी छिन् । आठराई गाँउपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सकिएको छ । वडा नम्बर १ संक्रान्तिबजारको वडा अध्यक्षमा नेकपा एमालेका प्रेमराज लिम्बू विजयी भएका छन् ।

 

वडा नम्बर २ खाम्लालुङको वडा अध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर लिम्बू विजयी भएका छन् । वडा नम्बर ३ ह्वाकूको वडा अध्यक्षमा बुद्धि मान गुरूङ विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर