केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि - Epathivara

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ ।

 

स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्राप्त गर्नुभएकाे छ । यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ सय ९८ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका मदनदास श्रेष्ठले ३ सय ५४ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३ सय ५१ मत प्राप्त गर्नुभएकाे छ ।

 

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता बनाइ रहनुभएकाे छ । उहाँले ३ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएकाे छ । यस्तै, गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठकाे पक्षमा एक हजार ७५ मत खसेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय