ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ मा नेपाली काँग्रेसका गजेन्द्र कुमार नाल्बो (लिम्बू) विजयी भएका छन् । उनले ३३१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रत्न कुमार लिम्बुले ३०२ मत प्राप्त गरेका छन् ।
त्यस्तै खुल्ला सदस्यमा काँग्रेसका मन कुमार शेर्पा ३२५ र मेखराज लिम्बु ३१७ मत प्राप्त गर्दै विजयी भएका छन् । काँग्रेस कै विपना लङ्वा ३४८ मत प्राप्त गर्दै महिला सदस्यमा साथै ३५९ मत प्राप्त गर्दै चन्द्र माया कामी दलित महिला सदस्यमा विजयी भएका छन् । विजयी उम्मेदवार सबै जना गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।