पाथीभरा याङवरक अपडेट : ९०० गणना सकियो, नेकपा एमालेको अग्रता कायमै - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा नेकपा एमालेका प्यानल नै अग्रस्थानमा ठरहेका छन् ।

 

अहिले पाथीभरा याङवरक गाउँपालिका २ स्थित थेचम्बुको मतगणना जारी रहेको छ । १ हजार ४ सय ६७ मत खसेको सो वडाको हालसम्म ८ सय मतगणना सम्पन्न भईसकेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । पालिका प्रमुखका उम्मेद्वार नेकपा एमाले केशर कुमार सुब्बाले १ हजार २ सय १६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी गठबन्धनका उमेद्वार राम थेवेले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन् । उहाँहरुबीचको मतान्तर ३० मा झरेको छ ।

यस्तै उपाध्यक्ष पदका उमेद्वार नेकपा एमाले रन माया गुरुङले १ हजार ४ सय २ मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धी गठबन्धनका उमेद्वार कुमार लिम्बूले ६ सय ५४ मत ल्याउनु भएको छ । लिम्बूभन्दा गुरुङ करिब ७ सय ४८ मतले अग्र स्थानमा रहनु भएको छ ।
त्यस्तै २ नं. वडाका वडाध्यक्षमा नेकपा एमाले बलु लिम्बूले ३ सय ६९, माओवादीका सुुर्य खड्काले २ सय ४ र दिल विक्रम लिम्बूले २ सय ४५ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर