ताप्लेजुङ । ताप्लेजुङको सिरीजङगा गाउँपालिका ८ याम्फुदिनमा गठबन्धनको पयानल नै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धनका कृष्ण कुमार गुरुङ(नेपाली काँग्रेस)ले २ सय २१ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हिमाल गुरुङले १ सय ७८ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै महिला सदस्यमा मन कुमारी राईले (नेपाली काँग्रेस) २ सय १२, खुल्ला सदस्यमा दावा छिरिङ शेर्पा भोटेले २ सय ३२ र सन्तोष राईले १ सय ७१ (माओवादी केन्द्र) मत ल्याएर विजयी हुनु भएको छ । त्यस्तै दलित सदस्यमा गठबन्धका तर्फबाट नेपाली काँग्रेसकी सिता देवी सार्की यस अघि नै निर्विरोध निर्वाचित भईसक्नु भएको छ ।