फुङलिङ नगरपालिका अपडेट : मेयर–उपमेयरमा गठबन्धनका उमेद्वारको अग्रता कायमै, मेयरमा १ हजार बढीको मतान्तर - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा गठबन्धनका उमेद्वारहरुले अग्रता कायमै राखेका छन् । ११ ओटा वडा रहेको नगरपालिकामा ३ ओटा वडाको गणना सम्पन्न भएको छ भने २ ओटाको गणना जारी रहेको छ । हालसम्म गठबन्धन्बाट मयेर पदका अमिर मादेन (गठबन्धन–नेपाली कंग्रेसले २ हाजर ५ सय ७३ प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँको प्रतिष्पर्धी छत्रपति प्याकुरेल (नेकपा एमाले)ले १ हजार ५ सय ६३ मत प्राप्त गर्नू भएको छ । उहाँहरुबीचको मतान्तर १ हजार १० रहेको छ ।

यस्तै उपमेयर पदका लागि गठबन्धनकै उमेद्वार बमबहादुर भट्टराई (माओवादी केन्द्र)ले १ हजार ७ सय ४० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वान्दी भीमादेवी ओझा (नेकपा एमाले)ले १ हजार ७ सय २२ मत ल्याउनु भएको छ । भट्टराई ओझा भन्दा १८ मतले अग्रस्थानमा रहनु भएको छ ।

११ ओटा वडा रहेको नगरपालिकामा ३ ओटाको सम्पन्न भएको छ । हाल २ ओटा वडाको गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाउको छ । २ नं. वडाको ९ सय र ९ नं. वडाको १ हजार म गणना सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर