पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा गठबन्धनका उमेद्वारहरुले अग्रता कायमै राखेका छन् ।
११ ओटा वडा रहेको नगरपालिकामा ३ ओटा वडाको गणना सम्पन्न भएको छ भने २ ओटाको गणना जारी रहेको छ । हालसम्म गठबन्धन्बाट मयेर पदका अमिर मादेन (गठबन्धन–नेपाली कंग्रेसले २ हाजर ३ सय १६ प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँको प्रतिष्पर्धी छत्रपति प्याकुरेल (नेकपा एमाले)ले १ हजार ३ सय ७२ मत प्राप्त गर्नू भएको छ । उहाँहरुबीचको मतान्तर १ हजार ४४ रहेको छ ।
यस्तै उपमेयर पदका लागि गठबन्धनकै उमेद्वार बमबहादुर भट्टराई (माओवादी केन्द्र)ले १ हाजर ५ सय ९० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वान्दी भीमादेवी ओझा (नेकपा एमाले)ले १ हजार ५ सय ११ मत ल्याउनु भएको छ । भट्टराई ओझा भन्दा ७९ मत अग्रस्थानमा रहनु भएको छ ।