फुङलिङ नगरपालिका अपडेट : मेयर-उपमेयरमा गठबन्धनका उमेद्वारको अग्रता, मेयरमा ६ सय बढीको मतान्तर - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका मेयर र उपमेयरमा गठबन्धनका उमेद्वारले अग्रता लिएको छ ।

 

हालसम्म ३ ओटा वडाको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार फुङलिङ ११ फावाखोला, १० नं. वडा फुरुम्वु र १ वडा फुङलिङको मतगणना सम्पन्न गरेको हो । ३ ओटा वडाको मतगणना गर्दा नेकपा एमालेका उमेद्वारलाई पछि पारेको हो । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेद्वार अमिर मादेनले १ हजार ५ सय ५२ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिष्पर्धी नेकपा एमालेका उमेद्वार छत्रपति प्याकुरेलले ८ सय ८५ मत ल्याउनुभएको छ । उहाँहरुको बीचको मतान्तर ६ सय ६७ रहेको छ ।

 

यस्तै नगरउपप्रमुखका उमेद्वार गठबन्धनबाट बमबहादुर भट्टराई ताराले १ हजार ७४ मत प्राप्त गर्नु भएको छ । उहाँले नेकपा माओवादीबाट गठबन्धनतर्फका उमेद्वार हुनुहुन्छ । त्यस्तै भट्टराईका प्रतिष्पर्धी नेकपा एमालेका उमेद्वार भीमादेवी ओझाले ८ सय ८० मत ल्याउनु भएको छ । उहाँहरुबीचको मतान्तर १ सय ९४ रहेको छ । अब अहिले फुङलिङ नगरपालिका २ र ९ नं. वडाको मतगणना गर्ने तयारी भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय