पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा नेकपा एमाले र गठबन्धनका दलबीच प्रतिष्पर्धा भईरहेको छ । हाल अहिले हाङपाङको मतगणना जारी रहेको छ । हाङपाङको हालसम्म ३ सय मत गणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसभन्दा अगाडि वडा नं. ४ र ५ चाँगेको मतगणना सम्पन्न भईसकेको छ ।
हाङपाङको ३ सय सहित पालिका प्रमुखका उमेद्वार नेकपा एमालेका दिपेन पोमुले ८ सय ८८ गठबन्धनतर्फका उमेद्वारा विश्वनाथ सिटौलाले ८ सय ६७ मत प्राप्त गर्नुभएको छ । यस्तै उप्रमुखका उमेद्वार शान्ता आङबुहाङले ८ सय ४० र प्रजिन हाङबाङले ८ सय २० मत ल्याउनुभएको छ । आङबुहाङले नेकपा एमालेबाट र हाङबाङले गठबन्धनबाट उमेद्वारी दिनुभएको हो ।