पाथीभरा याङवरक गाउँपालिका अपडेट : ५ सय मतगणना सकियो, नेकपा एमालेको अग्रता कायमै - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, वैशाख ३१ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा नेकपा एमालेले अग्रता राखेको छ ।

 

पाथीभरा याङवरक गाउँपालिकाको १ नं. वडा नाङखोल्याङको मतगणनामा नेकपा एमालेका अध्यक्ष पदका उमेद्वार केशर कुमार सुब्बा र उपाध्यक्ष पदका उमेद्वार रनमामाया गुरुङले अग्रता कायम राख्नु भएको हो । हाल सम्म ५ सय मत गणना भईसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यलयका अनुसार अध्यक्ष र उपाध्यक्ष पदका उमेद्वारले क्रमश २ सय ५० र ३ सय १ मत प्राप्त गर्नुभएको छ ।

 

यस्तै उहाँहरुको प्रतिषपर्धी अध्यक्षका उमेद्वार राम थेवेले २ सय ६ र माओवादीका तर्फबाट उपाध्य पदका उमेद्वार कुमार मेन्याङवोले १ सय ११ मत प्राप्त गर्नुभएको छ । अर्का उपाध्यक्ष पदका ईन्दिरा मेन्याङवोले ७ मत प्राप्त गर्नुभएको छ । यस्तै नाङखोल्याङको वडाध्यक्षमा पनि एमाले पदका उमेद्वार दिल कुमार सुनुवारले अग्रता कायमै राख्नु भएको छ । उहाँका प्रतिषपर्धी काङग्रेसका उमेद्वार बाल कृष्ण श्रेष्ठले २ सय १० मत प्राप्त गर्नू भएको छ । नाङखोल्याङमा १ हजार ६ सय ५३ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय