ताप्लेजुङ, वैशाख ३१ गते । ताप्लेजुको सिरीजङगा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । सिरिजङ्गा गाउँपालिकाको १ नं वडा सिनामको मतगणनामा नेकपा एमालेका अध्यक्ष पदका उमेद्वार सन्तोष चाम्लिङ र उपाध्यक्ष पदका उमेद्वार तुलसा बस्नेतले अग्रता लिनुभएको छ ।
उहाँहरुले क्रमश १ सय ४० मत र १ सय ३३ मत प्राप्त गर्नुभएको छ । यस्तै उहाँहरुको प्रतिषप्रर्धी गठबन्धनका अध्यक्ष पदका उमेद्वार लाल कृष्ण चौहानले ९५, माओवादीका तर्फबाट उपाध्यक्ष पदका उमेद्वार डा. चित्र माबोले ८२ मत प्राप्त गर्नुभएको छ । यस्तै १ नं. वडाका वडाध्यक्षमा पनि एमाले पदका उमेद्वार सिँह बहादुर लिम्बु १ सय ३८ मतले अग्रता लिनुभएको छ । उहाँका प्रतिषपर्धी काङग्रेसका बिरेन्द्र थेबेले ९५ मत प्राप्त गर्नू भएको छ ।