पाथीभरा याङवरक गाउँपालिका : नेकपा एमालेको अग्रता - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, वैशाख ३१ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । पाथीभरा याङवरक गाउँपालिकाको १ नं. वडा नाङखोल्याङको मतगणनामा नेकपा एमालेका अध्यक्ष पदका उमेद्वार केशर कुमार सुब्बा र उपाध्यक्ष पदका उमेद्वार रनमामाया गुरुङले अग्रता लिनुभएको छ ।

 

यो समाचार तयार पार्दासम्म ३ सय मत गणना भईसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँहरुले क्रमश १ सय ४९ र १ सय ७८ मत प्राप्त गर्नुभएको छ । यस्तै उहाँहरुको प्रतिषपर्धी अध्यक्षका उमेद्वार राम थेवेले १ सय २२ र माओवादीका तर्फबाट उपाध्य पदका उमेद्वार कुमार मेन्याङवोले ७० मत प्राप्त गर्नुभएको छ । अर्का उपाध्यक्ष पदका ईन्दिरा मेन्याङवोले २ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नाङखोल्याङको वडाध्यक्षमा पनि एमाले पदका उमेद्वार दिल कुमार सुनुवारले अग्रता लिनुभएको छ । उहाँका प्रतिषपर्धी काङग्रेसका उमेद्वार बाल कृष्ण श्रेष्ठले १ सय २२ मत प्राप्त गर्नू भएको छ । नाङखोल्याङमा १ हजार ६ सय ५३ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय