तेह्रथुम । आठराई गाँउपालिकामा गठबन्धनका पालिका अध्यक्ष पदका उम्मेदवारले १ सय ३० मतले अग्रता लिएका छन् ।
आठराई गाउँपालिकाको वडा नम्बर १, २ र ३ को १ हजा १ सय ८८ मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका दिलकुमार पाहिमले ६ सय ३१ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धि नेकपा एमालेका रामचन्द्र थपलियाले ५ सय १ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी रुपादेवी कन्दङवाले ५ सय ४० मत पाएकी छिन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेद्धार बनेका माओवादी केन्द्रका बलिराज ईङनामले ५ सय ५ मत प्राप्त गरेका छन् ।