ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । मैवाखोला गाउँपालिकाको वडा नं ६ फाकुम्बाट सुरु भएको मतगणनामा माओवादी केन्द्रकातर्फबाट अध्यक्ष उम्मेदवार बिजयप्रकाश वनेमले ९७ मत ल्याएका छन् । एमालेका अध्यक्ष उम्मेदवार राजनकुमार थत्लुङको ८५ मत रहेको छ ।
यस्तै उपाध्यक्षमा गठबन्धनतर्फबाट काँग्रेसका उम्मेदवार कृष्णकुमारी लिम्बूको ९९ र एमालेका उम्मेदवार कौशिला थत्लुङको ८७ मत रहेको छ । वडाध्यक्ष सहित अरु पदमा भने एमालेले काँग्रेस उम्मेदवार बिरुद्ध अग्रता लिइरहेको छ ।