ताप्लेजुङ । फुङलिङ नगरपालिकामा ४०० सय मत गणना सकिएको छ । फुङलिङ नगरपालिकाको वडा नं. ११ वाट मतगणना सुरु गरिएको हो । फावाखोलामा ८ सय ३० मत खसेको थियो ।
१ हजार १ सय ६५ मतदाता थिए । फावाखोलामा नेपाली काग्रेसका मेयर पदका उमेद्वार अमिर मादेनले २४३ मत ल्याएका छन् । नेकपा एमालेका उमेद्वार छत्रपति प्याकुरेलले १०२ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमेयरका उमेद्वार बम वहादुर भटराईले २३५ मत ल्याएका छन् । एमालेका उपमेयरका उमेद्वार भिमादेवी ओझाले १०९ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका वडाअध्यक्षमा उमेद्वार योगेश भटराईले १७४ मत प्राप्त गरेका छन् । एमालेका वडाअध्यक्षका उमेद्वार सविन विष्टले १०४ मत ल्याएका छन् । वडाअध्यक्षका स्वतन्त्र उमेद्वार मनित इजमले ११३ मत ल्याएका छन् ।