तेह्रथुम । दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा तेह्रथुममा ४८ हजार ७ सय ९८ जनाले मतदान गरेका छन् । दुई नगरपालिका र चार वटा गाउँपालिका रहेको तेह्रथुमबाट ६६ दशमलव ९४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।
आठराई गाउँपालिकामा ९ हजार १ सय ५१ जना र छथर गाउँपालिकामा ७ हजार ८ सय ४३ जनाले मतदान गरेका छन् । त्यस्तै फेदाप गाउँपालिकामा ८ हजार ३ सय ६६ जना र मेन्छ्यायेम गाउँपालिकामा ४ हजार २ सय ७४ जनाले मतदान गरेका छन् । यस्तै म्याङलुङ नगरपालिकामा १० हजार १ सय ८५ जना र लालीगुराँस नगरपालिकामा ८ हजार ९ सय ७९ ले मतदान गरेका छन् । तेह्रथुममा ३५ हजार ९ सय २२ जना महिला र ३६ हजार ९ सय ७३ पुरुष गरि कुल ७२ हजार ८ सय ९५ जना मतदाता रहेका थिए ।