गोरखाको अजिरकोटमा माओवादी कार्यकर्ता कुटिए - Epathivara

गोरखा । अजिरकोट गाउँपालिका-१ घ्याच्चोकमा बुधबार राति माओवादी कार्यकर्तामाथि कुटपिट भएको छ । कांग्रेसका कार्यकर्ताले उनीहरू माथि कुटपिट गरेको बताइएको छ ।

 

कुटपिटबाट बेलबहादुर गुरुङ र बिष्णु भुजेल घाइते भएका छन् । उनीहरूको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । होटलमा खाना खाइरहेको अवस्थामा आफूहरूमाथि कुटपिट भएको पीडितको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केदार खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर