आज सुनको भाउ कति पुग्यो ? - Epathivara

काठमाडौँ – आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

 

हिजो बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको छ ।

 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर