तेह्रथुममा एमाले र गठबन्धन बीच झडप, ३ जना घाइते, ३ जना प्रहरी नियन्त्रणमा - Epathivara

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङमा गयराति गठबन्धन र नेकपा एमालेका कार्यक्रम बीच झडप भएको छ । एमालेका कार्यकर्ताहरूको आक्रमणबाट ३ जना घाइते भएका छन् ।

 

विकास श्रेष्ठ, मनिस बस्नेत र सेमिहाङ लिम्बू घाइते भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । विकास श्रेष्ठ नेपाल तरूण दल तेह्रथुमका उपाध्यक्ष रहेको बताइएको छ । घाइतेहरूलाई थप उपचारको लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प लगिएको छ । घटनामा संलग्न ३ जनालाई इलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमले नियन्त्रणमा लिएको छ । मनबहादुर खड्का, कृष्णबहादुर कार्की र मेदुना रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी छे फिन्जो भोटेले बताए ।

 

मनबहादुर खड्का नेकपा एमाले हमरजुङका अध्यक्ष रहेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छथर गाउँपालिकामा स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस, माओवादी केन्द्र सहितको ५ दलीय गठबन्धन र नेकपा एमाले बीच कडा चुनावी प्रतिस्पर्धा हुदैछ ।

तेह्रथुममा भएको कार्यकर्ता आक्रमण प्रति नेपाल तरूण दलको ध्यानाकर्षण
कार्यकर्ता माथि गरेको आक्रमण प्रति नेपाल तरूण दल तेह्रथुमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल तरूण दल तेह्रथुमका अध्यक्ष विपिन निङलेकुद्वारा जारी प्रसे विज्ञप्तिमा नेपाल तरुण दल जिल्ला कार्य समिति तेह्रथुमका उपाध्यक्ष विकास जोशी लगायत मनिष बस्नेत, सेमिहाङ्ग लिम्बु माथि बैशाख २७ गते मौन अवधि समाप्त हुने दिन घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा अपराधिक मनोबृत्तिका नाइके शिक्षक मन बहादुर खड्काको नेतृत्वमा विभिन्न प्रकारका हातहतियार प्रयोग गरि मर’णासन्नहुने गरि कु टपिट गरिएको घटना प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

 

घटनामा संलग्नलाई मन बहादुर खड्का र कृष्णबहादुर कार्की कडा कार्यबाही गर्न र अन्यलाई नियन्त्रण गर्न नेपाल तरुणदलले विज्ञप्ति मार्फत माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर