२ अर्ब ठग्ने चिनियाँलाई ५२ महिनाको जेल सजाय - Epathivara

काठमाडौं। कोरोना भाइरसको महामारीका बेला २ करोड अमेरिकी डलर (करिब २ अर्ब ४५ करोड नेपाली रुपैयाँ बराबर) ठगी गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा ४ वर्ष भन्दा बढीको जेल सजाय सुनाइएको छ।

महामारीका बेला अमेरिका सरकारले प्रदान गरेको कोभिड राहत कार्यक्रममा २ करोड डलर ठगी गरेकोमा दोषी ठहर गर्दै अमेरिकी अदालतले हम्मर मार्स भनिने चिनियाँ नागरिक मुग मालाई ५२ महिनाको कारावास सजाय सुनाएको हो ।

उनले ‘पेचेक प्रोटेक्सन प्रोग्राम’ र ‘इकोनोमिक इन्जुरी डिजास्टर लोन’ जस्ता कार्यक्रममा माले झूठो विवरण पेश गरी २ करोड डलर ठगी गरेका थिए ।

उनलाई सन् २०२० मे २१ मा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर