ताप्लेजुङ। कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ बर्षिय नारायणम् आईयर रहेका छन् । आरोहणका क्रममा उनको ८ हजार २ समय मिटर उचाइमा पुग्दा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरिक्षक कुशाराम कार्कीले जानकारी दिए ।
उनी पायोनियर एड्भेन्ञ्चर प्रालिबाट हिमाल आरोहणमा गएका थिए । सो कम्पनीका कार्यकारी निर्देशक निमेष कार्कीका अनुसार उनको शवलाई उद्धारका लागि ६ जना शेर्पाको टोली परिचालित भइसकेको छ । “हाम्रो ६ जना शेर्पाको टोली खटिएको छ । मौषमले साथ दिए तीन दिन भित्रमै तल ल्याईसक्छौँ ।” उनले भने ।
८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको आरोहणका लागि पायोनियर एड्भेन्चरबाट यसवर्ष १४ जना आएका थिए । त्यसमध्ये ६ जनाले सफल आरोहण गरिसकेका छन् ।