जम्मू र कश्मीर: श्रीनगर एयरपोर्टमा अहिलेसम्मकै सबैभन्दा बढी उडान - Epathivara

श्रीनगर: श्रीनगर अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार हालसम्मकै सबैभन्दा बढी उडान भएका छन्। सोमबार एकैदिन १०२ वटा उडानहरु भएका हुन्।

उक्त उडानहरुमार्फत श्रीनगरमा १५ हजार १९९ यात्रुहरु श्रीनगरबाट आवतजावत भएका छन्। कोरोना महामारीले आवतजावतमा प्रतिबन्द लगाइएका कारण धेरै मानिसहरुको यात्रा रोकिएको थियो।

भारतीय एयरपोर्ट्स अथोरिटी (एएआई) श्रीनगरका एक अधिकारीले डेक्कन हेराल्डलाई बताए कि एयरोड्रमले सोमबार रेकर्ड ५१ उडान आगमन र यही संख्यामा प्रस्थान गरेको देखाएको छ।

चैत २९ गते ४५ उडानमार्फत ७ हजार ८२४ यात्रु बोकेर विमानस्थलमा अवतरण गरेका थिए। यसले जम्मु काश्‍मीरको पर्यटन र व्यापारलाई ठूलो टेवा पुग्‍ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर