ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले एक महिने रक्तचाप मापन अभियान सुरु गरेको छ । नसर्ने रोगको प्रकोप बढिरहेको समयमा गाउँपालिका भित्रका नागरिकको रक्तचाप मापन गर्ने अभियान शुक्रबारबाट सुरु गरेको हो ।
पालिकाका स्वास्थ्य संयोजक उदय यादवका अनुसार मे महिनाभर पालिकाको स्वास्थ्य चौकी, वडा कार्यालय, गाउँघर क्लिनिकबाट रक्तचाप मापन गरिने छ ।
पालिकाको योजना तथा कार्यक्रम निर्माणमा पनि सहयोग पुग्ने लक्ष्य राखेर अभियानको सुरु गरिएको बताईएको छ । यस अवधिमा २ हजार जनाको परिक्षण गर्ने, समस्या देखिएकालाई स्वास्थ्य सल्लाह समेत प्रदान गर्ने योजना रहेको छ ।