एमाले बलियाे बन्दै गएकाे छ : नेम्वाङ - Epathivara

ताप्लेजुङ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले आफ्नाे पार्टी बलियाे बन्दै गएको दाबी गर्नुभएको छ ।

 

ताप्लेजुङको सिरिजंगा गाउँपालिका ३ आम्बेगुदिनमा आयोजित सभालाई सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएको तर चुनावपछि आफैँ शिथिल हुने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘हाम्राे जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएका छन्, चुनावपछि उनीहरू आफै शिथिल हुन्छन् । पालिका चुनावमा एमाले अब्बल देखिनेछ ।’ राष्ट्रियताको भावना र कार्यशैलीले नागरिकको मन जितेको बताउँदै उहाँले यही ओजका कारण पालिका चुनावको नतिजामा एमाले अब्बल देखिने बताउनुभयो ।

 

कार्यक्रममा एमाले नेता महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले देशको अर्थतन्त्र डामाडोल बनाएको भन्दै ‘यस्ताे सरकारबाट के आशा गर्न सकिन्छ ?’ भनेर प्रश्न गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय