ताप्लेजुङको लेलेपमा भएको हत्या अभियोगमा पक्राउ परेका लिम्बू र शवलाई सदरमुकाम ल्याईदै - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, वैशाख २३ गते । ताप्लेजुङको लेलेपमा भएको हत्या अभियोगमा पक्राउ परेका आईतराज लिम्बूलाई सदरमुकाम ल्याईदैछ । २५ वर्षीय लिम्बूले बिहीबार साँझ ७५ वर्षीय बुवा वृख बहादुर लिम्बूर ७२ वर्षीय आमा फिपरानी लिम्बूको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरि सदरमुकामतर्फ ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

प्रहरीका अनुसार मृतक दम्पतीको शवलाई पनि पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइदैछ । प्रहरीका अनुसार इन्सपेक्टर दानबहादुर मिरिसिमको टोलीले लिम्बू र शवलाई ल्याइदैछ । प्रहरीको टोलिले करिब शुक्रबार राति १० देखि ११ बजेसम्ममा लिम्बू र शवलाई सदरमुकाम ल्याईपु¥याउनेछ । मद्यपान सेवन गरेको अवस्थामा हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाईछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय