सगरमाथासहित ४ वटा हिमालबाट १३ हजार ७ सय किलाे फाेहर सङ्कलन - Epathivara

काठमाण्डाै – नेपाली सेनाले सगरमाथासहित चार वटा हिमालबाट १३ हजार सात सय ८१ किलो फोहर सङ्कलन गरेको छ ।

 

गएकाे चैत २२ गतेदेखि सुरु गरेको सफा हिमाल अभियान २०२२ अन्तर्गत १३ हजार किलाेभन्दा धेरै फोहर सङ्कलन गरेको नेपाली सेनाले जनाएको छ । सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट फोहर सङ्कलन गरेको हो ।

 

सेनाका अनुसार सगरमाथा र ल्होत्से हिमालबाट चार हजार नौ सय ६८ किलो, कञ्चनजङ्गा हिमालबाट पाँच हजार नौ सय ८९ किलो र मनास्लु हिमालबाट दुई हजार आठ सय ६४ किलो फोहर सङ्कलन गरिएको छ । सङ्कलन गरिएको फोहरमध्ये एक हजार पाँच १३ किलो कुहिने र १२ हजार दुई सय ६८ किलो फोहर नकुहिने खालको रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय