आगलागीमा परि एक वृद्धको ज्यान गयो - Epathivara

पाल्पा – पाल्पामा आगलागीमा परि एक वृद्धको ज्यान गएको छ ।

 

आगलागीमा परि रैनादेवी छहरा गाउँपालिका-४ का ७९ वर्षीय मानबहादुर सोमै मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । एक्लै बस्दै आउनुभएका सोमैको घरमा गएराति करिब एक बजेतिर आगो लागेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार आगोले घर पूरै जलेर नष्ट भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर