ओली सहभागी चुनावी सभामा सर्प आएपछि भागाभाग - Epathivara

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव सभामा सम्बोधन गर्न बिहीबार कैलाली पुगेका छन् । सम्बोधनको क्रममा चुनावी सभा क्षेत्रमा सर्प आएपछि केही समय भागाभागसमेत भएको थियो ।

 

मान्छेहरु चिच्याउँदै गर्दा ओलीले थामथुम पार्ने प्रयास गरेका थिए । सुरुमा त उनले पछि नारा लगाउनु भन्दै आग्रह गरेका थिए । तर सर्प आएको थाहा पाएपछि ओली पनि केही समय चुपचाप बसेका थिए । त्यस्तै सम्बोधनकै क्रममा प्राविधिकले अर्को माइक थप्छन् । जति चिच्याउँदा पनि सहभागीले नसुनेको भन्दै ओलीले प्राविधिकलाई हप्काउँछन्, ‘ब्याटरी स्याटरी त डाउन भएन। चिच्याउँदा समेत सुनिँदैन ।’ दुइटा माइक जडान भएपछि ओलीले फेरि सम्बोधनलाई निरन्तरता दिन्छन् । Annapurna

प्रतिक्रिया

सम्बन्धित खवर