ताप्लेजुङको विभिन्न पालिकामा घरदैलो अभियानलाई तिब्रता दिँदै दलहरु (हेरौँ यी १० तस्बिरहरु) - Epathivara

ताप्लेजुङ- ताप्लेजुङमा स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल तथा उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिँदै आएका छन् । मतदाताको घरघरमा पुगेर भोट माग्न र मतदातालाई आफूतिर आकर्षित गर्न दल तथा उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिन थालेका हुन् ।

 

 

राजनीतिक दलका नेता, कार्यकर्ता तथा उम्मेदवारहरु चुनावी अभियान लिएर टोल, बस्ती र घर–घरमा पुग्न थालेपछि अहिले गाउँघर निर्वाचनमय भएको छ । उम्मेदवारहरुले मतदातालाई घरघरमा भेट गर्दै आफूलाई विजय गराउन मत मागिरहेका छन् । उम्मेदवारले आफ्नो कार्यकालभित्र गर्न सकिने विकासका अल्पकालीन र दीर्घकालिन योजनाबारे जनकारी गराउँदै मत माग्ने गरेका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलका जिल्ला तथा स्थानीय नेता, कार्यकर्ता र उम्मेदवारहरुको घरदैलो अभियानले अहिले गाउँघरमा चुनावी माहोल छाएको हो । विभिन्न पार्टीका झण्डा र निर्वाचन चिह्न अङ्कित पोष्टारहरु फहराउन थालेका छन् भने टोलटोल र चौक–चौकमा उम्मेदवारका बारेमा टीका–टिप्पणी, बहस तथा छलफल सुरु भएको छ । कस्ता जनप्रतिनिधिले जनताको अपेक्षा पूरा गर्न र राम्रो योजना ल्याउँछ भन्नेमा पनि जनताबीचमा छलफल भइरहेको पाइएको छ ।

 

 

जिल्लाको एक नगरपालिकासहित नौवटै स्थानीय तहमा दल तथा उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्रता दिन थालेका छन् । खासगरी उम्मेदवाहरु यतिखेर मतदातालाई फकाउन घर–घरमा पुग्न थालेका छन् । भ्रष्टाचाररहित विकास र समृद्धिको नारा लिएर उम्मेदवारहरुले मतदातालाई फकाउँदै आएका छन् । आफ्नो प्रतिवद्धता र चुनावी घोषणापत्रसहित उम्मेदवारले मतदातालाई व्यक्तिगत र सामूहिक रुपमा भेटघाट गरिरहेका छन् । जिल्लामा क्रियाशील सत्तरुढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र प्रतिपक्षी दल नेकपा एकाले लगायतले चुनावी अभियानलाई तिब्रता दिन थालेका हुन् । जिल्लाको नौवटै स्थानीय तहमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेर निर्वाचनमा होमिएको छ भने एमालेले केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएकासँग तालमेल गरेर अभियानमा लागेको छ । यस्तै जनता समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरुले पनि आफ्नो उम्मेदवार रहेका क्षेत्रमा चुनावी अभियानलाई तिब्रता दिइरहेका छन् ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय