पूर्णिमा श्रेष्ठले चुमिन ताप्लेजुङमा अवस्थित कञ्चनजंगा हिमशिखर - Epathivara

ताप्लेजुङ, वैशाख २२ गते । हिमाल आरोही पूर्णिमा श्रेष्ठ ताप्लेजुङमा अवस्थित कञ्चनजंगा हिमशिखर चुम्न सफल भएकी छिन् । बिहिबार उनले ८ हजार ५ सय ८६ मिटर अग्लो शिखर चुमेकी सेभेन समिट कम्पनीले जनाएको छ ।

 

यो विश्वको तेश्रो अग्लो हिमशिखर हो । गत असोजमा उनले धवलागिरि हिमालको सफल आरोहण गरेकी थिइन् । उनले २०१९ मा आमादब्लम हिमालको पनि आरोहण गरेकी थिइन् । यस्तै उनले अन्नपूर्ण शिखर पनि आरोहण गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर