मैवाखोलाका युवक मृत फेला - Epathivara

ताप्लेजुङ – मेरिङदेन गाउपालिका १ तावाखानी मेलामा गएदेखि बेपत्ता भएका मैवाखोला गाउपालिका १ का ३४ वर्षीय मनु भनेर चिनिने मनोज थोप्रा मृत भेटिएका छन् ।

मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङका अनुसार मेरिङदेन २ सान्थाक्रा पौवा पुछार नजिक मृत अवस्थामा भेटिएको हो ।

उनी हराएपछि परिवार र गाउँसमाजले खोजी तिव्र बनाएका थिए । कानुनी प्रकृयाका लागि शव प्रहरी निगरानीमा रहेकोपनि तामाङले बताएका छन् ।-taplejungpress

प्रतिक्रिया

सम्बन्धित खवर