कञ्चनजङ्घा आरोहणको क्रममा एक आरोही महिलाको मृत्यु - Epathivara

ताप्लेजुङ – विश्वको तेश्रो अग्लो (८,५८६ मिटर) उचाइको कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा एक विदेशी आरोहीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले दिएको जानकारी अनुसार फ्रान्सकी ६३ वर्षीय मारगेटा मोरिङको स्वासप्रस्वासमा समस्या आई मृत्यु भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर दुईजना फ्रान्सेली नागरिक कञ्चनजङ्घा आरोहणका लागि गएका थिए । कञ्चनजङ्घा हिमालको दक्षिणी मोहडाबाट आरोहण गर्नेक्रममा ८ हजार मिटर उचाइमा पुगेपछि मृत्यु भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

उनको शव ७ हजार ५ य मिटर माथिनै रहेको याम्फुदिन प्रहरी चौकीले जानकारी दिएको छ । मृतक महिलाको गाइडको रुपमा योगेन्द्र तामाङ रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर