सिदिङवाका उद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण - Epathivara

ताप्लेजुङ — सिदिङवा गाउँपालिका–२ सादेवामा सञ्चालित महिलाका लागि ढाका बुनाई र पुरुष तथा महिला दुवैका लागि बाँसको निर्माण सामग्री बनाउने तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको उद्यम विकास शाखाबाट सञ्चालित सीपमुलक तालिममा ढाका बुनाईतर्फ १३ र निर्माण सामग्री तर्फ १२ सहभागी थिए ।

ढाका बुनाई दुई महिना सञ्चालन गरिएको थियो भने निर्माण सामग्री बनाउने तालिम एक महिना सञ्चालन गरिएको गाउँपालिकाको उद्यम विकास शाखाका उद्यम विकास सहजकर्ता कमला वाग्ले पौडेलले जानकारी दिइन् ।

सीप सिकेकाहरुले तत्काल काम थाल्नका लागि प्रविधिसमेत हस्तान्तरण गरिएको पौडेलले बताइन् । उनका अनुसार ढाकाको लागि तान सेट र निर्माण सामग्रीका लागि हातेआरी, ड्रिल मेसिन लगायतका औजार प्रदान गरिएको छ ।

यसका लागि सहभागीले २० प्रतिशत व्यहोर्नुपर्ने र गाउँपालिकाले ८० प्रतिशत अनुदान दिने प्रावधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर