ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा एक बर्षमा २ लाख ३१ हजार बढी दर्शनार्थी दर्शन गरेका छन । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ अनुार आर्थिक वर्ष २०८०र०८१ मा २ लाख ३१ हजार ३ सय ३४ जनाले तिर्थयात्रीले दर्शन गरेका उल्लेख गरेका ेछ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ वर्ष भरी अर्थात ३ सय ६५ दिननै दर्शनार्थीहरु मन्दिर दर्शन, गरेको बताए ।
मन्दिर दर्शनका लागि कात्तिक–मंसिर, चैत्र–वैशाख लगायतको महिनामा अत्याधिक मात्रामा दर्शनार्थी आउने गरेको समितिको तथ्याङ्ककमा उल्लेख छ । गत आर्थिक वर्षको चैत्रमा सबैभन्दा बढी ५२ हजार ४ सय ५५ जना भक्तजन मन्दिर पुगेका छन् ।
समितिका अनुसार एकैदिन ८ हजार बढी तिर्थयात्रीले मन्दिर दर्शन गरेको तथ्याङ्क पनि रहेको छ । सबैभन्दा कम साउनमा १ हजार १ सय २१ जना आएको बताइएको छ । साउनमा बिशेष गरि वर्षायामका कारण बाढी पहिरोको जोखिम हँदा कम मानिसमात्रै हिड्डुल गर्ने भएकाले तिर्थयात्रीको संख्या पनि कम मात्रा पाइएको समितिले जनाएको छ ।
मन्दिर दर्शनका लागि आउने भक्तजनहरुको संख्या गणनाका लागि समितिले माथिल्लो फेदीमा कर्मचारीको व्यवस्थापन गरेको छ । मन्दिर आउने भक्तजनको संख्या दैनिक रुपमा समितिले राख्दै आएको छ ।
असार महिनामा पाथीभराको करिब साढे २० लाख रुपैयाँ भेटी गणना गरिएको छ । कार्यकारी निर्देशक हाङबाङका अनुसार असारमा २० लाख ४४ हजार ९ सय रुपैयाँ भेटी गणना गरि बैँकमा जम्मा गरिएको छ । गत मंसिरदेखि समितिले प्रत्येक महिनाको भेटी सार्वजनिक गर्दै आईरहेको छ ।