मेरिङदेनलाई उपमेयर कप फुटबलको उपाधी - Epathivara

ताप्लेजुङ – ताप्लेजुङमा सम्पन्न दोश्रो उपमेयर रनिङ कपको उपाधि मेरिङदेन गाउँपालिकाले चुमेको छ । सोमबार भएको फाईनल खेलमा आयोजक फुङलिङ नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिकाले उपाधि हात पार्न सफल भएको हो ।

१ सय १४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तर पालिका स्तरीय दोश्रो उपमेयर रनिङ कपमा आयोजकलाई स्तब्ध पार्दै मेरिङदेन च्याम्पियन बनेको छ । खेलको पहिलो हाफमा दुवै समुहले पेनाल्टीमार्फत गोल गर्दै १–१ को बराबरी बनाएको थिए । खेलको दोश्रो हाफमा आयोजकले सामान्य गोललाई समेत रक्षा गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो । सेमिफाइनलमा पाथीभरा याङवरकलाई ९–० को फराकिलो गोलअन्तरले र आठराई त्रिवेणीलाई ट्राईबेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै क्रमश फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाले फाइनलमा भेट पक्का गरेका हुन् ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय र उपविजेताले ५५ हजार ५ सय रुपैयाँ सहित रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै सेमिफाइनलबाट बाहिरिएको टीम आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकालाई समान ९–९ हजार रुपैयाँ प्रदान गरिएको पालिकाले जनाएको छ ।

गत फागुन २५ गते कोशी प्रदेश सभाका सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री निर्मला तावाको प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको खेल कोशी प्रदेश सदस्य खगेनसिँ हाङ्गामको प्रमुख आतिथ्यतामा समापन भएको छ । प्रतियोगितामा आयोजक सहित ७ ओटा पालिकाको सहभागिता रहेको थियो । जिल्लाका दूई ओटा पालिका मैवाखोला र मिक्वाखोला गाउँपालिका खेलमा सहभागी नभएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर