राष्ट्रिय युवा संघ नेपाल, मिक्वाखोला कमिटिको अध्यक्षमा पूर्णहाङ थलङ सर्वसहमत - Epathivara

ताप्लेजुङ । राष्ट्रिय युवा संघ नेपाल, मिक्वाखोला गाउँपालिका कमिटिको अध्यक्षमा पूर्णहाङ थलङ लिम्बू सर्वसहमत चयन भएका छन् । शनिबार सम्पन्न संगठनको दोस्रो अधिवेशनले थलङको अध्यक्षतामा २९ सदसीय पालिका कमिटि गठन गरेको हो ।

नेकपा एमाले निकट सो संगठनको पालिका उपाध्यक्षमा कान्छि शेर्पा, सचिवमा उदेश लिम्बू, उपसचिवद्धयमा रोशन थापा र आईतहाङ लिम्बू र कोषाध्यक्षमा सर्मिला लिम्बू चयन भएको बताईएको छ ।

सो कार्यक्रम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका उपसचिव तथा जनसंगठन संयन्त्र प्रमुख मणिसंकर पोमूको प्रमुख आतिथ्यतामा भएको थियो ।अधिवेशनमा अन्य धेरै नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर