भारत सरकार तथा बाँकेमा संकलित राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाइँदै - Epathivara

नेपालगञ्ज । भारत सरकारले सहयोग गरेको र बाँकेमा संकलित राहत सामग्री आज जाजरकोट र पश्चिम रुकुममा पठाइँदैछ । हिजो मात्र भारत बाट नेपालगन्जमा एयरपोर्ट १० टन सामाग्री भारतले भुकम्प पीडितको लागि स्वास्थ्य सामग्री सहित अन्य सामाग्री सहयोग गरेको थियो ।

राहत सामग्री ट्रकमा लोड गरेर दुई जिल्लामा पठाउन थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । भारतले भूकम्प प्रभावितलाई ुप्लाष्टिक तार्पोलिन’ त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग १ हजार थान, ब्ल्यांकेट १ हजार थान, टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य सामग्री (४८ प्रकार) का केही कार्टुनमा दिएको छ ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमै सामान ल्याएर उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्नुभएको थियो । भारतले दिने अन्य सामान आज पनि आउँदैछ ।

यस्तै बाँकेका विभिन्न पालिका, संघसंस्था र व्यक्तिगत तवरबाट संकलित राहत सामग्री संगसंगै भूकम्प प्रभावित जिल्लामा पठाउन थालिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर