पाकिस्तान – पाकिस्तानले आफ्नो देशमा बसोबास गर्ने लगभग 17 लाख गैरकानुनी अफगानका मुस्लिम नागरिकलाई निष्कासन गरिरहेको छ। पाकिस्तान सरकारले अफगान शरणार्थीहरूलाई देश छाड्न १ महिनाको समय दिएको थियो, जसको अवधि नोभेम्बर १ मा पूरा भएको थियो। त्यसयता हजारौं अफगान नागरिक बसमा बसेर अफगानिस्तान फर्किरहेका छन् ।
हालै पाकिस्तानी महिला पत्रकार आरजू काजमीले आफ्नो कार्यक्रममा अफगानिस्तानका तालिबान रक्षामन्त्री मुल्लाह याकुबले पाकिस्तानलाई यस पछि हुने समस्या सहन गर्ने धम्की दिएको खुलासा गरेका छ्न । तालिबान अहिले पाकिस्तान सरकारको अफगानिस्तान का नागरिक लाई निकासी गरेको घटना बाट पूर्ण रूपमा आक्रोशित छ। पाकिस्तानी महिला पत्रकार आरजु काजमीले पाकिस्तानी-अमेरिकी विज्ञ साजिद तरारसँग कुरा गर्दै तालिबान सरकारले पाकिस्तानलाई चेतावनी दिएको दाबी गरेकी छन् । इस्लामावाद प्रहरीले अफगान शरणार्थीहरूको सामान चोरेको दाबी गरेको छ । चोरी गर्ने अभियुक्त खोज्ने काम सुरु भएको छ ।
पाकिस्तान सरकारले एक महिनाअघि बिना कागजातका रहेका अफगान जनतालाई आफ्नो देश फर्काउने घोषणा गरेको थियो । हालै भएको आतंकवादी हमलामा अफगान जनताको संलग्नता रहेको प्रमाण भेटिएपछि पाकिस्तानले यस्तो निर्णय गरेको हो । पाकिस्तानले अफगान शरणार्थीका घर बुलडोजरले भत्काएको छ । यसबाहेक नफर्केकालाई जेल हाल्ने गरेको छ । यस्तो समयमा, तालिबान सरकारले शरणार्थीहरूलाई निष्कासनमा पाकिस्तान सरकारसँग वार्ता गर्न अनुरोध गरेको थियो। यसैबीच, तालिवान सरकारले अफगानिस्तानका जनताका लागि अफगानिस्तानमा आश्रयस्थल बनाउने घोषणा गरेको छ ।