अदालतको आदेशपछि ‘रिगल’ नेपालगन्ज कारागार चलान - Epathivara

‘रिगल’ भनिने योगराज ढकाललाई नेपालगन्ज कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार बाँके जिल्ला अदालत समक्ष बुझाएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जनाएका छन् ।
त्यस लगतै उनलाई अदालतले नेपालगन्ज कारागार चलान गरेको थियो । उच्च अदालत नेपालगन्ज इजलाश बाँकेको स्रोतले दिएको जानकारी अनुसार रिगललाई शुक्रबार बिहान नेपालगन्ज कारागार कार्यालयमा पठाइएको बताए । सुरु उच्च अदालत नेपालगन्ज इजलाश बाँकेले गरेको फैसला अनुसार नेपालगन्ज कारागार पठाइएको उनले बताए । ‘हामीले उहाँलाई नेपालगन्ज कारागारमा पठाएका छौँ, कारागार ब्यवस्थापन विभागले कसरी र कहाँ ब्यवस्थापन गर्छ, त्यो उहाँहरुले गर्नुहुन्छ,’ स्रोतले जानकारी दियो ।

रिगलको कैद मिनाहालाई सर्बोच्च अदालतले बिहीबार बदर गरेको थियोे । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्रुल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो । अदालतको आदेश लगत्तै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

नेपालगन्ज निवासी चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए । बाँकी कैद माफी पाएर ढकाल संविधान दिवसका दिन छुटेका थिए । यस निर्णय विरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर