भौतिकमन्त्री ज्वालालाई भेटेर भारतीय राजदूतले भने– मुआब्जाको समस्या सुल्झाउनुप¥यो - Epathivara

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबीच भेटवार्ता भएको छ। भारतीय राजदूत श्रीवास्तवले शुक्रवार सिंहदरबार पुगेर मन्त्री ज्वालासँग भेटवार्ता गरेका हुन्।
भेटमा विराटनगर–जोगवनी तथा बिजलापुर बर्दिवास रेल सेवाबारे छलफल भएको मन्त्री ज्वालाका निजी सचिव रामहरि शर्माले जानकारी दिए।

नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार अहिले विराटनगरदेखि जोगवनीसम्म रेल मार्ग बनाउने काम भइरहेको छ ।

राजदूत श्रीवास्तवले कतिपय ठाउँमा मुआब्जाको समस्या देखिएको भन्दै त्यसलाई तत्काल सुल्झाउन मन्त्री ज्वालासँग आग्रह गरेका छन्। मन्त्री ज्वालाले मुआब्जा लगायत समस्या तीन महिनाभित्र सुल्झाउने जवाफ दिएका छन्।

शर्माका अनुसार बिजलापुरदेखि बर्दिवाससम्म रेल मार्गको काम छिट्टै सुरु गर्ने बिषयमा पनि छलफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर