परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच भेटवार्ता - Epathivara

अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । वासिङ्टनमा भएको भेटमा दुवैले नेपाल–अमेरिकाबीच साझेदारीको सुदृढीकरणमा जोड दिएका छन् । भेटमा ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको छ । पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएका छन् ।

भेटमा नेपालमा लगानी विस्तार, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२ करोड ५० लाख अमेरिकी डलरको नयाँ ऋण दिनेलगायत विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर