काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन गएका हुन्। प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष सीताराम खड्काले विदाइ गरेका थिए।
भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी,प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफलगायतको सहभागीता रहेको छ। चीनमा रहेका बेला उनले सैनिक सहायता,सैन्य तालिमलगायत विषयमा छलफल गर्नेछन्। नेपाली शान्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो।
विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन। कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो।
उनको चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानसेनापति शर्माले यसअघि बेलायत भ्रमणमा गरेका थिए।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Epathivara
Made with ❤️ By Gorkhaly Labs