भारतिय सिमा नजिकै चिनियाँको सैन्य गतिविधि - Epathivara

एजेन्सी । चिनले भारतको अरुणाचल नजिक हतियार ब्रिगेडहरु जम्मा गरेको छ । यो स्याटेलाइट तस्विरमा खुलासा भएको हो ।
गत वर्ष डिसेम्बरमा अरुणाचलको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । यो झडपपछि पनि चीन आफ्नो चिनियाँ बिस्तार नीत बाट पछि हटेको छैन । भारतीय “स्याटेलाइट बाट यो खुलासा गरेको छ कि चीनले भारतको अरुणाचल नजिक संयुक्त हतियार ब्रिगेड तैनाथ गरेको हो ।
चीन आफ्नो गतिविधिबाट पछि हटेको छैन, एकातिर सीमामा शान्तिको कुरा गर्छ, अर्कोतिर आफै तनाव बढाउँछ । चीनले दोस्रो पटक भारतिय सेनाले चिनियाँ सेना नराम्रो पिटेर भगाएको भिडियो निकै वाईरल भएको थियोे ।

गत वर्ष डिसेम्बरमा भारतीय सेनाले अरुणाचल प्रदेशको तवाङ सेक्टर नजिक चिनियाँ घुसपैठलाई असफल बनाएको थियो। उक्त घटनापछि पनि चीन पछि हटेको छैन । निरन्तर रूपमा भारतिय भुमिमा जबर्जस्ती प्रवेश गर्न खोज्ने प्रयास गरेको हुन्छ ।

इन्डिया टुडेले पाएको स्याटेलाइट तस्बिरहरूले स्पस्ट गरेको छ कि तवाङमा भएको घटनाको केही महिनाभित्रै चीनले सोङ्गा जोङको लापुङमा द्वन्द्व स्थल नजिकै तैनाथ गरिएको आफ्नो संयुक्त हतियार ब्रिगेड (CAB) लाई ल्होन्टसे जोङको रिताङमा स्थानान्तरण गरेको थियो । श्रोत – भारतिय संचारमाध्यम

प्रतिक्रिया

सम्बन्धित खवर