एजेन्सी । हमास विद्रोहीहरुले इजरायलमा ठूलो आतंकवादी आक्रमण संगै १७ जना नेपाली विद्यार्थीहरुलाई बन्धक बनाएको पुष्टि गरिएको छ । इजरायलको अलुमिममा रहेको कृषि फार्ममा हमास सेनाले कम्तीमा १७ नेपाली विद्यार्थीलाई बन्धक बनाएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेको हो ।
विद्रोहीहरुले बन्धक बनाएका १७ जना मध्ये सातजना विद्यार्थी घाइते भएको उनले बताइन् । यसअघि हमासले अप्रत्याशित हमलामा ५ हजार रकेट प्रहार गरेपछि इजरायलले युद्धको घोषणा गरेको थियो । उक्त आक्रमणमा ४८० भन्दा बढी मानिस मारिएका छन् ।
श्रोतः हिन्दुस्तान टाइम्स