ताप्लेजुङ–पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडक सात दिनमा मर्मत गर्न ठेकदार कम्पनिलाई निर्देशन दिईएको छ। प्रतिनिधि सभाका संसद योगेश भट्टराईको आग्रह र उपस्थितिमा सडक विभाग काठमाडौँले ठेकदार कम्पनी लाई विभागमै उपस्थित गराएर यस्तो निर्णय गरेको हो। ठेकदार कम्पनीले काम नगरे योजना कार्यालयले विभागीय प्रकृयावाट काम गराई धरौटीवाट रकम कट्टागर्ने पनि उल्लेख छ।
भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार निर्धारित समयमै काम सक्ने कार्ययोजना सात दिनभित्र पेशागर्ने निर्णयपनि भएको छ । कन्टेक प्राली काठमाडौले लिएको ठेक्का २०८१ असार ११ सम्ममा सक्नेगरी ठेक्का सम्झौता भएको छ ।
तर कार्य प्रगती भने सुस्त रहेको छ।