एजेन्सी । भारतीय विदेशमन्त्री र अमेरिकी समकक्षी ब्लिन्केन बीच आज भेटवार्ता हुने भएको छ ।
भारत–क्यानडा खालिस्तान विवादको बीचमा विदेशमन्त्री एस जयशंकरले आज वाशिंगटनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता हुने भएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने कि अमेरिकाले क्यानडामा आफ्नो अडान पहिले नै स्पष्ट गरिसकेको छ । अमेरिकाले क्यानडाको अनुसन्धानमा सहयोग गर्न भारतलाई प्रोत्साहन गरेको छ, उनले थपे ।
यसअघि क्यानडाले खालिस्तानी आतंकवादी हरदीप निज्जरको हत्यामा भारतको भूमिका रहेको आरोप लगाएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Epathivara
Made with ❤️ By Gorkhaly Labs