ताप्लेजुङ – ताप्लेजुङमा प्रत्येक शाताको शुक्रबार बन्द हुदै आएका बजार पसल खुल्ला हुने भएका छन् ।
बुधबार ताप्लेजुङ उद्योग बाणिज्य संघले सूचना जारी गर्दै करिब दुई महिनाको लागि बजार खुल्ला गर्ने जनाएको छ । नजिकिदै गरेको चाडपर्वलाई मध्य नजर गरि बजार पसल खुल्ला गर्ने संघले जनाएको छ । आगामि असोज १२ गते शुक्रबार देखि मंसिर १ गते सम्म बजार पसल खुल्ला हुने सूचनामा उल्लेख छ । त्यस्तै मंसिर ८ गते शुक्रबार देखि बजार पसल पुन बन्द हुने पनि सघले जनाएको छ । चाडपर्वमा बजारमा उपभोत्ताहरुको चाप हुने हुँदा सबै व्यवसायमा मूल्य सूची अनिवार्य ग्राहकले देख्ने स्थानमा राख्न, उपभोग्य मिति गुज्रीएका सामानहरुको बिक्रि बितरण नगर्न, अखाद्य वस्तुहरुको बिक्रि बितारण नगर्न , पटाका आकाशबाजी , भुइचम्पा जस्ता पदार्थको बिक्रि बितरण नगर्न समेत संघले आग्रह गरेको छ ।
व्यवसाय दर्ता भएका निकायहरुमा नविकरण गर्ने म्याद पनि तोकेको छ । नविकरण गर्ने अन्तिम मिति असोज मसान्त सम्म रहेको छ । व्यवसायिक फर्मको नविकरण तथा कर कार्यालयको राजश्व समेत असोज मसान्त भित्र दाखिला गर्न समेत अनुरोध गरेको ।