पाकिस्तानको एक राजनीतिक जनसभामा बम विस्फोट हुँदा ३५ जनाकाे मृत्यु - Epathivara

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भईरहेको एक राजनीतिक जनसभामा बम विस्फोट हुँदा ३५ जना भन्दा बढि मृत्यु दर्जनौं घाइते भएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आइतबार इस्लामिक राजनीतिक दलको बैठकमा बम विस्फोट हुँदा ३५ भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका हुन् ।
बम विस्फोटमा परेर ५० जना भन्दा बढि मानिसहरु गम्भीर घाइते भएको छ । जमियत उलेमा–ए–इस्लाम–फजल (JUI-F) को कार्यकर्ता सम्मेलनको क्रममा भएको विस्फोटमा ५० भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ । JUI-F पाकिस्तानमा गठबन्धन सरकारको हिस्सा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर