चिनियाँ खेलकुद भ्रष्टाचारको चपेटामा - Epathivara

बेइजिङ- चीनमा गौरव र गरिमाको प्रतीक मानिने खेलकुदका क्षेत्र भ्रष्टाचारको चपेटामा परेसँगै विवादमा तानिएको छ । विश्व खेलकुद मञ्चमा अग्रपङ्क्तिमा रहेको चीन पछिल्ला केही वर्षयता भ्रष्टाचारका काण्डले ओजविहीन बनेको छ ।

साउथ चाइना मर्निङ पोष्टले हालै सार्वजनिक गरेको एक विवरणअनुसार लोकप्रिय खेल फुटबल राजनीतिक नेतृत्वको प्रोत्साहनका कारण उच्च स्थानमा रहेकामा पछिल्लो समय सतहमा आएका विविध विवाद र भ्रष्टाचारका विषयले साख जोगाउन हम्मेहम्मे परेको छ ।

चिनियाँ फुटबल सङ्घका दुई जना अधिकारीलाई भ्रष्टाचारको मुद्दामा अनुशासन समिति र खेलकुद नियामक निकायले कारबाही प्रक्रिया अघि बढाएपछि लोकप्रिय खेल फुटबलसँग सम्बन्धित समस्या सतहमा सार्वजनिक भएका हुन् । खेलकुद नियामक निकायले पनि अनुसन्धानलाई तीव्र गतिमा अघि बढाएको छ । विशेषगरी पुरुष फुटबल प्रतियोगितामा भ्रष्टाचार भएको उक्त निकायको ठहर छ ।

यद्यपि महिला फुटबलको नतिजा सन्तोषजनक र निर्विवाद रहेको छ । फुटबलको सबैभन्दा ठूलो प्रशिक्षण प्रतिष्ठानका उच्च अधिकारी पनि भ्रष्टाचारमा मुछिएका छन् भने उनीहरुलाई प्रशिक्षणको जिम्मेवारीबाट हटाइएको छ । चिनियाँ फुटबल महासङ्घले ग्वान्जाउको फुटबल सङ्घलाई उसका प्रशिक्षार्थीहरूको खराब प्रदर्शनका कारण निलम्बन गरिएको छभने आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा वैकल्पिक व्यवस्था गर्नुपर्ने सृजना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर