२०७५ सम्ममा भारतले अमेरिकालाई पछाडि पार्ने भारत विश्वकै दोस्रो ठूलो अर्थतन्त्र - Epathivara

काठमाडौं । सन् २०७५ सम्ममा भारतले विश्वको महाशक्ति अमेरिकालाई पछाडि छोड्ने भएको छ । अमेरिकी बैङ्क गोल्डम्यान साक्सको अनुसन्धान अनुसार भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने छ ।

हाल भारत अर्थतन्त्रको हिसाबले पाँचौँ ठुलो राष्ट्र हो भने अमेरिका पहिलो स्थानमा रहेको छ ।भारतको १ अर्ब ४० करोड जनसङ्ख्या विश्वको सबैभन्दा ठूलो भएकोले यसको जीडीपी नाटकीय रूपमा विस्तार हुने अनुमान गरिएको छ।

प्रतिवेदनका अनुसार २०७५ सम्ममा भारतीय अर्थतन्त्रले जापान र जर्मनीसहित अमेरिकालाई पछि पर्नेछन् । चीन विश्वको पहिलो अर्थतन्त्र बन्ने अनुसन्धानले देखाएको छ । अर्थतन्त्रको हिसाबले चीन हाल दोस्रो ठूलो देश हो ।

प्रतिक्रिया

सम्बन्धित खवर